संसद् विघटनको प्रस्ताव लोकतन्‍त्रविपरीत छ : बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १२:१० मा प्रकाशित

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरीत संसद् विघटनको सिफारीस गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि भट्टराईले भिडियो सन्देश मार्फत संसद् विघटनको सिफारीले संविधानको धज्जी उडाएको बताएका हुन् । उनले यो लोकतन्‍त्रविपरीत भएको भन्दै सबैबाट प्रतिवाद गरिनुपर्ने बताएका छन् ।

ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनका लागि पठाएको प्रस्ताव अत्यन्त दुखद् भएको भन्दै यसले हिजोकै अस्थिरता निम्त्याएको भट्टराईको भनाइ छ ।