पाेखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १६:१८ मा प्रकाशित

काठमाडौं: संघीय संसद विघटन भएपछि युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि पोखरामा युवा-विद्यार्थीले पुत्ला जलाएका हुन् ।पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।