४ मंसिर २०८१, मंगलवार
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने निर्णय भएको पार्टी प्रवक्ता नाराययणकाजी श्रेष्ठले जानकारी दिएछन् ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा छलफल भएको हो ।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल लगायत उनी पक्षीय नेताहरुको मात्रै उपस्थिती रहेको रहेको थियो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापा बादल अनुपस्थित थिए ।