४ मंसिर २०८१, मंगलवार
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन उनीहरु सानेपा पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक आह्वान गरेको हो ।
आइतवार कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसी नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध जनाएका थिए ।
प्रधानमन्त्री ओली निकट केही समूहले प्रतिनिधिसभा विघटनको पक्षमा आन्दोलन समेत गरेका छन् ।