४ मंसिर २०८१, मंगलवार
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहका नेताहरु बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका छन् ।
प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग गएका हुन् ।