४ मंसिर २०८१, मंगलवार
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेकी छन् ।
प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान खुमलटार पुगेकी हुन् ।
प्रचण्ड र यान्छीबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ ।
राजनीतिक रुपमा लगभग विभाजन भइसकेको नेकपाका अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । तर, छलफल भएका सबै विषय भने बाहिर आइसकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार प्रतिनिधि सभा विघटन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राजदूत यान्छीले केही दिन अगाडि भेटवार्ता गरेकी थिइन् ।
नेकपामा आन्तरिक विवाद बढ्दा राजदूत यान्छी यसअघि पनि सक्रिय हुँदै आएकी थिइन् ।