४ मंसिर २०८१, मंगलवार
काठमाडाैं: संघीय सांसद शेरबहादुर तामाङ र उनकी पत्नी प्रदेश सांसद उषाकला राईले नेकपा केपी ओली समुहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।
बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान संघीय सांसद शेरबहादुरले आफुहरु विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका छन् ।
विज्ञप्तिमा उनीहरुले विभाजनले कसैको हित नहुने भएकोले एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन् । अझै जनजिविकाको धेरै सवालहरु पुरा हुन बाँकी रहेकोले विभाजनको पक्षमा जान नहुने बताएका छन् ।
प्रदेश १ सांसद उषाकला खोटाङकी हुन भने संघीय सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् । श्रीमती उषाकला र श्रीमान शेरबहादुर दम्पत्तीले थालेको अभियानले गर्दा गाँजा खेती कानुनी मान्यता दिलाउने विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरुले घरेलु रक्सीलाई ब्राण्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् ।