४ मंसिर २०८१, मंगलवार
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित काकीं ब्यांक्वेटमा भर्खरै सुरु भएको हो । साढे ११ बजेका लागि तय भएको बैठक भर्खरै सुरु भएको हो ।
बैठकमा अर्का अध्यक्षा केपी ओलीले स्थायी कमिटीमा पेस भएका दस्ताबेजका अतिरिक्त ४० पेज लामो अर्को प्रत्युत्तर पत्र पेस गर्ने प्रचण्डको तयारी छ ।गत कात्तिक २२ सचिवालयको बैठक बोलाउन सहमतिको माग गर्दा २५ गते ओलीले पाँच पृष्ठ लामो जवाफ लेखेका थिए । त्यसपछि नेकपामा आरोप(प्रत्यारोपको सिलसिला चलेको थियो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पुनः त्यसको जवाफ दिँदै अर्को पत्र लेखेका थिए । १३ मङ्सिरमा ओलीले १९ पानामा त्यसको प्रत्युत्तर लेखेपछि पत्रको सिलसिला रोकिएको थियो ।