पुस १४ गते दाहाल-नेपाल समूहको आमसभा

होमल्याण्ड खबर

२०७७ पुष १२ गते, आईतवार १४:३९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ। संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले राजधानीको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो।

आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विभिन्न अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेताकार्यकर्ताहरु आमसभामा सहभागी हुने छन्। आमसभामा ५० हजारभन्दा बढीको सहभागिता गराइने विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिएका छन्।

काठमाडौँका विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुनेछ।