भृकुटीमण्डपमा दाहाल- माधव समूहको आमसभा शुरु

होमल्याण्ड खबर

२०७७ पुष १४ गते, मंगलवार १४:२९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको आमसभा भृकुटीमण्डपमा सुरु भएको छ ।

आमसभाअघि उपत्यकाका विभिन्न स्थानमा भेला भएका नेता कार्यकर्ताको जुलुस भृकुटीमण्डप पुगेको थियो।

आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै नेकपा राजनीतिक रुपमा विभाजित भएको छ । प्रधानन्त्रीका विरुद्धमा अध्यक्ष प्रचण्ड नेपाल समूहले विरोधका कार्यक्रमहरु शुरु गरेको छ ।