४ मंसिर २०८१, मंगलवार
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ राजनीतिक रूपमा विभाजित भएपछि ओली समुह र प्रचण्ड-नेपाल समुह आक्रामक रूपमा देखिन थालेका छन्।
प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रचण्ड-नेपाल समूहले धमाधम ओलीपक्षका संसदीय दलका नेता हटाउन थालेका छन्।
हिजो मात्रै प्रचण्ड-नेपाल समूहले बागमतीबाट संसदीय दलका नेता पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो। त्यसको भोलिपल्ट (आज) प्रदेश १ का राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको जनाएको छ।
नेकपा प्रदेश १ सांसदको बहुमत सदस्यले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट कारवाही गरी हटाउँदै आचार्यलाई चयन गरेको निवर्तमान मन्त्री ईन्द्र आङवोले बताए ।