४ मंसिर २०८१, मंगलवार
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियनसनले संसद् विघटनको मुद्दामा बहस गर्न तीन जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको बैठकले सवैधानिक कानुनका विज्ञ तीन वरिष्ठ अधिवक्ताहरुको नाम सिफारिस गरेको हो ।
बारका महासचिव लिलामणि पौडेलका अनुसार वरिष्ठ अधिवक्ताहरु बद्रिबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ ।
सर्वोच्च अदालत बार एसोसियनसले भने शुक्रबार मात्र दुई जनाको नाम सिफारिस गर्ने भएको छ ।
सर्वोच्चले नेपाल बारबाट ३ र सर्वोच्च बारबाट २ जना एमिकस क्युरी पठाइदिन आदेश गरेको थियो ।
संवैधानिक इजलासले संसद् विघटन गर्नुको कारण पुस १९ गतेसम्म लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई भनेको थियो ।
सर्वोच्चमा दायर भएका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ गते मुद्दाका लागि अर्को पेसी तोकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै प्रतिनिधिसभा विघटन भएको थियो। पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो।