प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक

होमल्याण्ड खबर

२०७७ पुष २० गते, सोमबार ११:३९ मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बालुवाटार स्राेतका अनुसार आजकाे बैठक नियमित हाे । प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेपछि नेपालकाे राजनीतिक वृत्तमा तरंग पैदा भएकाे छ । नेकपाकै प्रचण्ड-नेपाल समूहसहित विभिन्न राजनीतिक दलहरू आन्दाेलित छन् ।

आजकाे बैठकमा सरकारविराेधी आन्दाेलनका बारेमा पनि छलफल हुने सम्भावना रहेकाे बुझिएकाे छ ।