४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक कोटेश्वरको पेरिशडाँडामा बसेको छ ।अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक शुरु भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भने सहभागी छैनन् । उनी पत्नी सीता दाहालको उपचारका लागि सोमबार बिहान नै भारत गएका छन् ।
प्रचण्डले आइतबार बसेको स्थायी कमिटी बैठकमा नै पत्नी सीताको उपचारका लागि भारत जान लागेको जानकारी दिएका थिए ।
आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठक सोमबार नै सकिने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद विघटन, निर्वाचन घोषणा लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य भुसालले जानकारी दिए ।