४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजित देखिएको छ र प्रचण्ड माधव पक्षले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिरहेको छ ।
शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक टायर बालिएको हो । विद्यार्थीहरुले प्रधानमन्त्री विरुद्ध नाराबाजी समेत गरेका थिए । प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।