धनगढीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा सोधियो ‘निर्मला पन्तको बलात्कारी खै ?’

होमल्याण्ड खबर

२०७७ पुष २४ गते, शुक्रबार १५:०२ मा प्रकाशित

धनगढीमा नेकपा ओली समूहको जनसभा आयोजना गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी पुगेका छन् ।

यसैबीच उक्त सभामा सहभागी भएका एक युवकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन्।

उनले ‘निर्मला पन्तको बलात्कारी खै ? र निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर सरकारलाई प्रश्न गरेका हुन।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।