४ मंसिर २०८१, मंगलवार
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गालीगलौज गर्ने फुर्सद नभएको बताएका छन् । सरकारकाे पहिलाे प्राथमिकता देश बनाउने भएकाे उनकाे भनाइ छ ।
पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनि कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको पनि बताएका हुन् ।
उनले भने, ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ ।’ उनले सरकार मुलुक बनाउन लागि परेको, विकास, निर्माणका लागि स्रोतको व्यवस्थापन गरिरहेको बताए । विकास निर्माणका लागि बजेटको खाँचो हुन नदिने पनि बताए ।
सुदूरपश्चिम प्रदेशका नागरिकहरू रोजगारी खोज्दै उत्तराखण्डलगायत भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था अन्त्य गर्न सरकार लागिपरेको पनि बताए । उनले मोटरबाटोले नजोडेको हुम्लालाई पनि सडकसञ्जालबाट विमुख हुन नदिइने जिकिर गरे ।