४ मंसिर २०८१, मंगलवार
मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
अहिले केही समयपछि बस्ने मन्त्रिपरिषद् आकस्मिक बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को कार्यविधिअनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।
राष्ट्रियसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले १ बजेपछि समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।