संघीय संसदको बैठक स्थगित

होमल्याण्ड खबर

२०७५ जेष्ठ २८ गते, सोमबार ०८:३५ मा प्रकाशित

संघीय संसदको बैठक सूचना टांसेर स्थगित गरिएको छ ।
सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको संघीय संसदको संयुक्त बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी सूचनामा “मिति २०७५साल जेठ २८गते सोमबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको निर्देशन अनुसार उक्त बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको” जनाइएको छ ।
यसअघि आईतबारको प्रतिनिधिसभा बैठक रातो किताब नआएका कारण सभामुख कृष्ण बहादुर महराले विनियोजन विधेयकमाथिको छलफलको बुँदा १ देखि ७ सम्मका सबै कार्यसूची हटाएका थिए ।