४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले आज (आइतबार) बयलगाडा प्रदर्शन गरेका छन् ।
प्रचण्ड–नेपाल समूह निकट अनेरास्वियूले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध आइतबार काठमाडौं र ललितपुरसहित विभिन्न ठाउँमा प्रदर्शन गरेको हो ।
अनेरास्ववियूको बयलगाडा गुडाउने ललितपुरको कार्यक्रममा भने प्रहरीले हस्तक्षेप गरेको छ । ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव समेत भएको थियो ।
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जन मतको अपमान तथा जनतामाथि घात गरेको भन्दै उनीहरुले बलयगाडा प्रदर्शन गरेका हुन् ।
गणतन्त्रको मागसहित २०६२/०६३ सालमा भएको आन्दोलनलाई ‘बयलगाडामा पुगेर अमेरिकाको यात्रा’को संज्ञा दिएको भनेर ओलीको आलोचना हुने गर्छ ।