राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओली बोल्दै

होमल्याण्ड खबर

२०७७ पुष २६ गते, आईतवार १३:३७ मा प्रकाशित

राष्ट्रियसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

बैठक सुरु हुनासाथ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका छन् ।

यसैबीच आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियसभाको हिँउदे अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो ।