अध्यक्ष पद कसैकाे कमण्डलु हाे र थाप्न बित्तिकै दिन: प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७७ पुष २६ गते, आईतवार १४:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बडो भारी मनका साथ प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।अाज  राष्ट्रियसभा बैठकमा बाेल्दै आफूलाई पाँच वर्ष सरकार चलाउने जनताले अभिमत दिएको भएपनि अस्वस्थ गतिविधीका कारण सम्भव नभएको उल्लेख गरेका छन् ।

कतिपयले आफूलाई पार्टीमा देखिएको विवाद समाधानका अध्यक्ष पद छोडेको भए हुन्थ्यो भन्ने सुनेको भन्दै उनले किन र कसलाई छोड्ने भन्दै प्रश्न गरेका छन् ।

‘कतिपयको भनाइ हुन सक्छ केपी ओलीले सरक्क अध्यक्ष फलानालाई छोडिएको भए भैहाल्थ्यो, किन छोडिदिने त्यो थाहा छैन’ उनले प्रश्न गरे,‘किन छोड्ने ? कसलाई छोड्ने ? यो दान हो र ? कमण्डलू थाप्ने वित्तिकै लौ भनेर दिने ? यो मोहर सिक्का हो प्रधानमन्त्रीको जिम्मेवारी भनेको ? यो जनाताले दिएको अभिभारा हो जो जुनसुकैलाई विधिबाट सुम्पन सकिँदैन ।’

प्रधानमन्त्रीले अगाडि भने,‘त्यसैले मैले बडो भारी मनाका साथ पाँचै वर्ष चलाउन पाएको भए हुन्थ्यो तर अस्वस्थ गतिविधिका साथ कोही अध्यक्ष छोड भनेको छ प्रायोजित समाचारहरु प्रयोग गरेको छ , त्यस्तै खालका वुद्धिजीवीका झुण्ड प्रयोग गरिएको छ, देशमा अस्थिरता फिजाउने साझा प्रयास भइरहेका छन् ।’