४ मंसिर २०८१, मंगलवार
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल थपेर अरु न्यायाधीश यथावत राखिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए । प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई तोकेका हुन् । प्रधान पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।