४ मंसिर २०८१, मंगलवार
नेपाल विद्यार्थी संघ(नेविसंघ) ले प्रतिनिधिसभा विगटनको विरुद्धमा देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित काँग्रेसले माघ ३ मा देशभरका स्थानीय तह र वडामा विरोध सभा राख्दैछ।
विरोध सभा प्रचारका लागि जुलुस निकाल्न सबै जिल्लाका अध्यक्षलाई केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले परिपत्र गरेका छन्।
जसअन्तर्गत माघ २ गते ७७ वटै जिल्लामा दौड जुलुस हुने नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जनाए। त्यसैगरी माघ ७ गते देशभर सिठ्ठी जुलुस हुने भएको छ। माघ ८ गते काँग्रेसले देशभरका ६७४३ वडामा विरोध सभा राख्दैछ।
नेविसंघले माघ १० देखि १६ गतेसम्म लोकतन्त्र र संविधानको रक्षार्थ खबरदारी एवं जागरण अभियानु शीर्षकमा शहीद सप्ताह कार्यक्रम गर्न जिल्लालाई परिपत्रमार्फन आग्रह गरिएको छ।