प्रधानमन्त्रीको प्रश्न : के अब मान्छे नहँसाएर मान्छे मार्दै बिधुवा बनाउँदै हिँडाैँ त ?

होमल्याण्ड खबर

२०७७ माघ ३ गते, शनिबार १७:४६ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेपाली जनता हँसाएकामा केहीलाई पीर परेकाे बताएका छन् ।

राजधानीमा आयोजित प्रदेश १ का अाफु पक्षीय कार्यकर्ता भेलामा  प्रधानमन्त्री ओलीले प्रश्न गरे , ‘उहाँहरुलाई केपी ओलीले जनता हँसाइरहेकामा पीर परेको रैछ, के म अब मान्छे मार्दै, बिधवा बनाउँदै, अरूलाई रुवाउँदै हिँडौँ त ?’

आफू नेपाली जनताको मुहारमा खुसी ल्याउन लागिपरेको उल्लेख गर्दै ओलीले अहिले प्रतिनिधिसभा निर्वाचन घोषणा भएकोमा देश बर्बाद पार्न चाहानेहरुले चिन्ता व्यक्त गरिरहेको बताए । ‘म हाम्रा बालबालिका, किशोर, युवा, बाआमा, मजदुर किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु’, र खुसि ल्याउने कार्यमा लागि परि रहेकाे छु उनले भने ।

‘देश बर्बाद भएको छैन, बर्बाद पार्न नपाएकामा उहाँहरुको चिन्ता मात्र हो। उहाँहरुले बर्बाद पार्न खोज्नुभएको थियो। हामीले दिएनौँ,’ ओलीले भने ।

`मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खतम पार्‍यो भन्छन् । नेपाली जनता हासेकोमा किन परेको होला अचम्म लाग्छ’, उनले भने ।

उनले रुवाउन खोज्नेले नकसेको र अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए । उनले जतनाले प्राप्त गरेका उपलब्धिलाई कसैको इसारा र स्वार्थका लागि प्रयोग गर्न नदिइने बताए ।