झलनाथ खनालले ओलीलाई भने शक्ति र कार्यकर्ताकाे संख्या हेर्न सडकमा आउनुस्

होमल्याण्ड खबर

२०७७ माघ ९ गते, शुक्रबार १५:३१ मा प्रकाशित

नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई आफूहरूकाे पार्टीकाे शक्ति र कार्यकर्ताकाे संख्या हेर्न सडकमा आउन निम्ता दिएका छन् ।

प्रतिनिधिसभा विघटनकाे विराेधमा नेकपाकाे साे समूहले गरेकाे शक्तिप्रदर्शनपछि रत्नपार्कमा भएकाे सभामा बाेल्दै नेता खनालले २-४ जना भेला गरेर आन्दाेलन भनी ओलीले दिएकाे अभिव्यक्तिकाे जवाफ दिँदै भने- ‘कसकाे शक्ति कति छ, कसकाे पक्षमा कति कार्यकर्ता छन् भनेर हेर्न सडकमा आए हुन्छ ।

यसैगरी नेकपा पार्टीमा आफूहरूकाे अहम् भूमिका भएकाे भन्दै नेकपाकाे आधिकारिकता आफूहरूकै हुने उनले दाबि गरे ।  आफूहरूले पार्टीमा कैयाैँ हिउँद बर्खा खाएर आएकाे उनकाे प्रतिक्रिया छ । ‘हामी पार्टीमा कैयाैँ हिउँद बर्खा खाएर आएका हाैं’, खनालले भने, ‘अहिले ओलीले पार्टी मेराे हाे भन्नु हास्यास्पद छ ।’

यसैगरी चुनावमा दाेहाेराे अंककाे सिट जितेर देखाउन चुनाैती दिएका ओलीलाई खनालले प्रतिचुनाैती दिएका छन् । उनले भने, ‘चुनावमा सेटिङ नगरी कुनै दलसँग निमिली मैदानमा आएनुस् । तपाईं जहाँबाट लड्नुहुन्छ, त्यहीँबाट जितेर देखाउँछाैं ।’

यसैगरी उनले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए । ओली प्रतिगमनकारी भएको बताउँदै उनले ‘ओली कमरेड नरहेको’ बताए । उनले ओलीलाई कम्युनिस्ट आन्दोलनका भगौडासमेत भएको आरोप लगाए ।