२७ फाल्गुन २०८२, बुधबार
नेपाल बारका चार जना पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा अोलीलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका छन्। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेका बेला प्रधामन्त्री ओली जथाभावी बोल्दै हिँडेको तथा कानुन व्यवसायीलाई होच्याउने गरी दिएको अभिव्यक्तिप्रति बारका पूर्वअध्यक्षको समूहले खेद व्यक्त गरेको छ। बारका पूर्वअध्यक्ष समेत रहेका चार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले एक संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई समस्त कानुनव्यवसाय माथि सत्तापक्षबाट गरिएको निर्लज्ज प्रहार बताएका हुन्।