४ मंसिर २०८१, मंगलवार
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनवाइ हुँदैछ । आइतबारसम्म रिट निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरेका थिए भने सोमबारबाट सरकारको पक्षबाट बहस सुरु भएको हो ।
आजको बहसमा पनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले निरन्तरता दिने भएका छन् । सरकारकातर्फबाट सोमबार महान्यायाधिवक्ता खरेलले बहस सुरु गरेका थिए । सोमबार बहस हेर्दाहेर्दैमा सकिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट बहस गरेका खरेलले आफु प्रधानमन्त्रीको प्रतिरक्षा गर्न इजलासमा उभिएको भन्दै आफ्नो संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने तर्क गरेका थिए । उनले प्रधानमन्त्री केपी ओलीले समातेको प्रतिनिधिसभा विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका थिए ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेका १३ वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर रुपमा बहस जारी रहेको छ ।
रिट निवेदकका तर्फबाट १ सय ५३ जनाको वकालतनामा रहेकोमा ७० जनाले बहस गरेका थिए भने सरकार अर्थात विपक्षका तर्फबाट १ सय ५९ जनाको सूची रहेको छ ।