नवनियुक्त पदाधिकारीकाे सपथ उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

होमल्याण्ड खबर

२०७७ माघ २१ गते, बुधबार ११:४२ मा प्रकाशित

संवैधानिक परिषद्को सिफारिशबमोजिम संवैधानिक आयोगहरूमा नियुक्त भएका प्रमुख तथा पदाधिकारीहरुकाे सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् । राष्ट्रिपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

परिषद्ले गत मंसिर ३० गते गरेको सिफारिशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरेकी हुन् । सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।