सभामुखद्वारा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

होमल्याण्ड खबर

२०७७ माघ २५ गते, आईतवार १२:०६ मा प्रकाशित

सभामुख अग्नीप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ । सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासले गर्न लागेको हो। सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।