४ मंसिर २०८१, मंगलवार
प्रचण्ड माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । राष्ट्पति विरुद्ध गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई निवासबाट गिरफ्तार गरेको हो । उनलाई गिरफ्तार गर्न प्रहरी विहीबार विहान उनको निवास बुद्धनगर पुगेको थियो । उनलाई पक्राउ गर्न लागेसँगै नेकपाका कार्यकर्ता र समर्थक उनको निवास पुगेका थिए । पक्राउ पूर्जी लिएर आए आफूले कानूनको पालना गर्ने र गिरफ्तारी दिन तयार रहेको झाँक्रीले प्रहरीसँग बताएसँगै उनलाई पूर्जी दिइएको थियो । पक्राउ पूर्जी पाएसँगै आफ्नो पक्षमा नाराबाजी गरिरहेका समर्थकलाई झाँझीले आफूले कानूनको पालना गर्ने बताएका थिइन् ।
त्यसक्राममा नेतृ झाँक्रीले प्रतिगमनको विरोधमा सडकमा रहँदै गर्दा अभिव्यक्त गरेको केही विचारको आधारमा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको बताएका थिइन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर उल्लेख गरेको पूर्जी थमाएको थियो । ‘कानूनको परिपालक गर्ने नागरिक भएको हिसावमा पक्राउ पूर्जी अनुसार आफ्नै निवासबाट पक्राउ दिँदैछु’ पक्राउ पर्नुअघिको संक्षिप्त सम्बोधनमा झाँक्रीले भनिन् ।