४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा एमीकस क्युरीको बहस आज सकिँदैछ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो।
आज वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सुझावस्वरूप बहस गर्नेछिन् । यसअघि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरिसकेका छन्।
गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आइरहेको छ । सुनुवाइमा रिट निवेदक, सरकारी तर्फबाट, एमीकस क्युरीले सुझावस्वरूप बहस गरेका छन् ।