४ मंसिर २०८१, मंगलवार
नेकपा कम्यूनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
“हाम्रो अदालतप्रति विश्वास छैन भन्न खोजेकै छैन । मैले सबै सार्वजनिक सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ,’’उनले भने ।
उनले पुस ५ पछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । “पुस ५ गतेदेखि हामी फागुन ११ गतेसम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौँ । उनले भने
“हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन। ’’
अध्यक्ष प्रचण्डले आफूहरुले एकताको झन्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओली फुटको बाटो रोजेको जिकिर गरे ।