४ मंसिर २०८१, मंगलवार
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझाले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो ।
प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ,।’
यस्तै पाठकद्वारा जारी विज्ञप्तिमा संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिन आग्रह गरिएको छ ।