प्रचण्ड-नेपाल समुहले पनि बाेलाए स्थायी कमिटी बैठक

होमल्याण्ड खबर

२०७७ फाल्गुन १२ गते, बुधबार १३:३९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समुहले पनि स्थायी कमिटी बैठक बोलाएको छ । प्रचण्ड-नेपाल समुहले बुधबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

यो समूहले बुधबार ४ बजे नै संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुनस्स्थापनापछि अगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो ।