४ मंसिर २०८१, मंगलवार
नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन बुढानिलकण्ठ पुगेका छन्।
आज चितवनबाट फर्केलगत्तै प्रचण्ड–नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले हिजो बदर गरेसँगै प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकारको समीकरण बनाउन उनीहरुले देउवासँग छलफल गरेका हुन् । प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।