४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार(हिजो) सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्ने फैसला सुनाएसँगै विकसित राजनीतिक घटनाक्रमका बारे देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।
सभापति देउवाका सहयोगी भानु देउवाले पदाधिकारी बैठक बिहीबार(भोलि) ३ बजेका लागि बोलाइएको जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिर रहेको र आज साँझसम्ममा काठमाडौं आइपुग्ने कार्यक्रम रहेपछि भोलिका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
प्रचण्ड माधवसँग छलफल
यसैबीच सभापति देउवालाई भेट्न नेकपाको प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बुढानीलकण्ठ पुगेका थिए । भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड(नेपालको छलफल केन्द्रीत रह्यो। उनीहरुबीच पार्टीमा छलफल गरेर पुन बस्ने सहमति भएको छ ।