४ मंसिर २०८१, मंगलवार
सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।
बैठकपछि नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रतिगामी कदम विरुद्धको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिए । बैठकले संविधानको कार्यान्वयन, सामाजिक न्याय सहितको समृद्धिको यात्रामा सबै लोकतान्त्रिक शक्तिहरुसँग छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिँदै आत्मआलोचना गरे एकताको सम्भावना कायमै रहेको पनि नेता श्रेष्ठले बताए । ‘हामी सधै एकताको पक्षमा छौं, सर्वोच्च अदालतले आदेश दिइसकेपछि ओलीले तत्कालै राजीनामा दिनुपथ्र्यो, तर त्यस्तो छाँटकाट देखिएन।’ प्रवक्ता श्रेष्ठले भने, ‘आत्मालोचना नगरेसम्म पार्टी एकताको कुनै सम्भावना छैन।’ आजको बैठकबाट प्रचण्ड-नेपाल समूहले ओली समूहमा गएका नेता कार्यकर्तालाई मुल पार्टीमा फर्केर पुरानै जिम्मेवारी सम्हाल्न आव्हान समेत गरेको छ।