४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार बदरको फैसला गरेपछि हिजो (बुधबार) ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठक आज फेरि बस्ने गरी सकिएको थियो ।
बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श र गृहकार्य गर्नुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
हिजोको बैठकले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।
यस्तै बैठकमा केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएको बुझिएको छ ।