वामदेवले प्रचण्डलाई भनेः ओलीसँग मिलेर जाऔं

होमल्याण्ड खबर

२०७७ फाल्गुन १३ गते, बिहीबार ११:०६ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

 

अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम बिहीबार बिहान खुमलटार पुगेका थिए ।

संसद पुनःस्थापनापछि उपाध्यक्ष गौतम प्रचण्डलाई एकता प्रस्ताव राख्न गएको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले बताए ।

गौतमले संसद पुनःस्थापना भइसकेकाले पार्टी एक भएर जानुपर्ने बताएका थिए । उनले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएका छन् । उनले सचिवालय बैठक बोलाउन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने अहिलेको अवस्थामा ओलीसँग एकता सम्भव नभएको जवाफ दिएका थिए ।

गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका थिए ।