४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनपछि छुट्टै समूह खोलेर बसेका नेकपा नेता वामदेव गौतम बालुवाटारमा पुगेका छन्।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग भेट गरेका नेता गौतम आज दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताको विषयमा छलफल छलफल गर्न बालुवाटार पुगेका हुन।
अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेता गौतमबीच विभाजित नेकपालाई कसरी एक बनाउने भन्नेबारे छलफल चलिरहेको छ।
वामदेव गौतमले प्रचण्ड-माधव नेपाल समूह र ओली पक्ष पुरानै पार्टीमा फर्कनुपर्ने अडान राख्दै आएका छन्।
ओलीको सम्मानजनक बिदाई गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने नेता गौतमले सार्वजनिक रुपमा बताइसकेका छन्। तर, के प्रधानमन्त्री ओली राजीनामा दिन तयार होलान्? त्यो हेर्न बाँकी छ।