ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराई नियुक्त

होमल्याण्ड खबर

२०७७ फाल्गुन १४ गते, शुक्रबार १६:२२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । गुरुङलाई हटाइएर प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आज नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रवार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको उपनेता नेम्वाङले बताए।

पार्टीको संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने व्यवस्था रहेको छ ।