स्पेनिस ला लिगा : बार्सिलोना दोस्रो स्थानमा

होमल्याण्ड खबर

२०७७ फाल्गुन १६ गते, आईतवार १०:३३ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा सेभियालाई २–० गोलले हराउँदै उपाधि दाबेदार बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक–एक गोल गरेका थिए ।

खेलको २९औँ मिनेटमा बार्सिलोनाका डेम्बेलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

यो जितसँगै बार्सिलोना २५ खेलबाट ५३ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५५ अंक छ । ४८ अंक जोडेको सेभिया चौथो स्थानमा छ ।