प्रचण्डलाई सूचना दिएको भन्दै गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

होमल्याण्ड खबर

२०७७ फाल्गुन १६ गते, आईतवार १६:१९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई पदमुक्त गरेका छन् ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको स्रोतको दाबी छ ।

नेकपाको ओली समूहको युवा संघको भेलामा बिरु लगायतले विद्रोह गरेका थिए । आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु बादलसँग रुष्ट थिए ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको हो ।