४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् ।
झापामा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरे ।
उनले आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याउनले दाबी गरे ।
‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको छ राजीनामा गरिदिनुहोस् भनेर। तपाईंहरुले लडर जब संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न’, उनले भने, ‘अविश्वासको प्रस्ताव राखेर पास गर्नुहोस, पास गर्नुहोस । पहिलो पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो म जनताबाट निर्वाचित भएर आएको हुँ, अहिले पनि तीन करोड नेपाली जनताबाट दुईतिहाइ ल्याएर देखाइदिन्छु। चिन्ता गर्नु पर्ने अवस्था होइन।’