प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा जारी

होमल्याण्ड खबर

२०७७ फाल्गुन १७ गते, सोमबार ११:१५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्षको सचिवालय बैठक बसिरहेको छ । उक्त समूहको बैठक सिंहदरबारस्थिति नेकपाको संसदीय दलको कार्यालयमा जारी रहेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो । पुस ५ यता नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् । बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।