४ मंसिर २०८१, मंगलवार
नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुले सुरक्षा दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीमाथि सुरक्षा चुनौती भएको भए आफ्नो पार्टीले सुरक्षा दिने उनको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार(हिजो) पोखरामा आयोजित एक कार्यक्रममा आफूमाथि सुरक्षा खतरा रहेको र ज्यान नै तलमाथि हुनसक्ने बताएका थिए ।
प्रेस संगठन नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कार्यकारी प्रधानमन्त्री नै असुरक्षित हुने कुरा सामान्य विषय नभएको टिप्पणी गरे ।
नेपालले ‘प्रतिगमनकाविरुद्ध आन्दोलनमा रहेकाहरू’सँग सरकारमा सहकार्य हुने पनि बताए । उनले भने‘प्रतिगमनका मतियारहरू पनि सच्चिएर आउँछन् भने पश्चाताप गर्छन् भने पार्टीका साथीहरूलाई स्वागत गरिनेछ ।’
संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने उनको विश्वास थियो ।