४ मंसिर २०८१, मंगलवार
सरकार र प्रतिवन्धित नेपाल क्रम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ ।
दुबै पक्षबीच फेरि बस्ने गरि आजको वार्ता सकिएको स्रोतको भनाइ छ । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।