प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारीमा

होमल्याण्ड खबर

२०७७ फाल्गुन २० गते, बिहीबार १३:४२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोग जाने तयारी भइरहेको छ ।

आयोगले नेकपा विवादबारे कुनै निर्णय नगरेपछि सो समूह आयोग जान लागेका हुन् ।

प्रचण्ड–नेपाल समूहले माघ २० गते पार्टी आधिकारीकता दाबी गर्दै पत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन । माघ ११ गते  पार्टी विभाजनलाई मान्यता नदिने बाहेक आयोगले थप निर्णय नगरेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो ।

प्रधानमन्त्रीले  संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।