मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु: प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७७ फाल्गुन २० गते, बिहीबार १७:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् ।

आज सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको आज एक कार्यक्रमबीच आयोजनाको शिलान्यास गर्दै उनले आफूलाई मधेस विरोधी भनेर रोकेपनि आयोजनाको पानी नरोक्न मुख्यमन्त्रीलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छु, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’

प्रधानमन्त्री ओलीले विगतमा आफूलाई मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भनेको बताउँदै आफू मधेश नपसेपनि पानी पठाउन लागेको बताए ।